सेन्ट लरेन्समा  ‘यौन दुर्व्यवहार’ प्रकरण : दुई शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमति

चावहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत्त गौशालाले क्याम्पसका कोअर्डिनेटरलाई काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो ।आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षकहरु विरुद्ध ३ जना छात्राले बाल यौन दुर्व्यवहार गरेको कसु