प्रहरीले सर्वसाधारणलाई हैरानी दिने तथा प्रहरीसमेतलाई जाइलाग्ने १६ जना यौनिक तथा अल्पसंख्यकलाई पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि कारबाही प्रक्रि...