जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार मध्यरातिदेखि जिल्लाभरि निषेधाज्ञा लगाएको छ । जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लगाउनुका साथै विराटनगरमा निषेधाज्ञा थप कडाइ गरिने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।