ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप फुटबल २०२२ को छनोट खेल स्थगित भएको छ । ब्राजिली स्वास्थ्य अधिकारीहरुले मैदानमै प्रबेश गरेर खेल अबरुद्ध गरेका हुन ।
ब्राजिलको नेउ क्विमिका एरेना पिचमा खेल सुरु भएको पाँच मिनेटपछि ब्राजिली स्वास्थ्य अधिकारीहरु मैदानमै प्रवेश गरेर छनोट खेल्न उत्रेका खेलाडीले कोभिड १९ सम्बन्धी सरकारी मापदण्डको पालना नगरेको भन्दै अबरुद्ध गर्न पुगे । ब्राजिली अधिकारीहरुले बेलायत, दक्षिण अफ्रिका वा भारतमा गएको १४ दिनभित्र भ्रमण गरेका खेलाडीको मापदण्ड बमोजिम ब्राजिल प्रबेश गर्न निषेध गरिएको छ । ब्राजिली नागरिकले मात्रै यस्तो प्रबेश पाउने ब्यवस्था गरिएको छ । तर प्रिमियर लिग खेलेका खेलाडी बेलायतबाट फर्केका हुनाले ब्राजिली अधिकारीहरुले बिरोध गरेका हुन । आष्टन भिल्लाका गोलकिपर एमिलिआनो मार्टिनेज र टटनहमका क्रिष्चियन रोमेरो, जियोभानी लो सेल्सोले कोभिड प्रोटोकल उल्लघंन गरेको बताइएको छ ।