सुदूरपश्चिम प्रदेश : ‘रातो किताब’को विषयमा लफडा

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रम पुस्तिका ‘रातो किताव’को विषयमा प्रदेश सभा सदस्यहरुले विरोध जनाएका छन् । रातो किताबमा थुप्रै त्रुटि र आर्थिक सुशासनविपरितका गतिविधि देखिएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।प्रदेश सभा सदस्यहरुले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार असार १ गते आगामी आर्थिक वर्षको बजेट पेश गरेको थियो । सुदूरपश्