असन किन सवारीमुक्त बनाउनुपर्छ? यसको जवाफ हो, दुई सय वर्ष पुरानो ‘अंसया पुलांगु मरि पसः’ जोगाउन। अर्थात्, असन मिठाइ पसल। असन र अन्नपूर्ण मन्दिर पर्याय हुन्। अन्नपूर्ण मन्दिरकै कारण असनको नाम रहन गएको इतिहासविद्हरूले आफ्नो पुस्तकमा लेखेका छन्। यही मन्दिर अगाडि छ, असन मिठाइ पसल। नारायणकृष्ण श्रेष्ठको यो मिठाइ पसलमा थरीथरीका परिकार पाइन्छन्। मिठाइका पारखी…