कोरोनाबाट थप २ सय ४६ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । यो नेपालमा २४ घण्टामा कोरोनाका कारण भएको सबभन्दा धेरै मृत्यु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ ।