तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा | Nagarik News - Nepal Republic Media

तथापि लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले वनक्षेत्रमा गस्ती बढाएको जनाएको छ । वन–रक्षक टोलीले गस्ती जारी राखेको भनिए पनि वन फँडानी हुने क्रम रोकिएको छैन । डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन सैन्डिल्यका अनुसार लकडाउन सुरु भएयता आधा दर्जनभन्दा बढी स्थानमा वन फँडानीका घटना भएका छन् ।