अपेक्षित लक्ष्य, उद्देश्य तथा नतिजा प्राप्त गर्न गरिने कार्यको पूर्वनिर्णय नै योजना हो । योजना निर्माण गर्दा निर्धारित लक्ष्यमा पुग्न विकल्पको चयन गर्ने, आवश्यक स्रोत–साधन व्यवस्था गर्ने, समयसीमा निर्धारण गर्ने कार्य गरिन्छ । योजनाले लाग्ने खर्च, स्रोत–साधनको दुरुपयोग र अनिश्चिता घटाउँछ भने सहयोग, सहकार्य र लक्ष्य प्राप्तिको सुनिश्चितता बढाउँछ । भनिन्छ– योजनाविहीन गरिएको कार्य अन्धकारमा ढुङ्गा फाल्नुसरह हो ।
समृद्ध, सम्पन्न देशले अपनाएको विकासको सूत्र भनेको शिक्षामा व्यापक सुधार, पर्याप्त लगानी, गुणस्तरीय सार्वजनिक शिक्षा, दक्ष दजनशक्ति उत्पादन र समग्र पक्षको विकास नै हो