प्रतिनिधिसभा विघटनको मुद्दामा बरिष्ठ कानुन व्यवसायीहरुलाई बहसका लागि ५ देखि १० मिनेटको समय तोकिएकोमा आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हाँस्दै भने, ‘५ मिनेट पनि के समय छुट्याएको !’प्रधानन्यायाधीशले समय थोरै भएको भन्दै गर्दा लयर्स पोडियममा उभिएकी थिइन् बरिष्ठ अधिवक्ता सविता भण्डारी । प्रधानन्यायाधीशले फेरि थपे, ‘पाँच मिनेट समय त जिस्क्याएजस्तो भयो । पाँच मिनेटमा कति बहस गर्नुहुन्छ ? उभिएर मात्रै जाने हो ?’रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना स