सान्त्वना जितको खोजीमा नेपाली फुटसल टोली

काठमाडौं : एएफसी एसियन कप फुटसलको छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।कीर्गिस्तानको बिस्केकस्थित गाज्पोर्म स्पोर्टस् कम्प्लेक्समा नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको नेपाल आज सान्त्वना जितको खोजीमा हुनेछ।तुलानात्मक रुपमा कमजोर भनिएका टोलीसँग पराजित भएको नेपाललाई अफगानिस्तान थप चुनौती बन्ने देखिन्छ। नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोलले पराजित भएको थियो भने दोस्

सम्बन्धित सामग्री

गोदावरी अन्तरविद्यालय फुटसलको उपाधि बुद्ध माविलाई

ललितपुर : प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि बुद्ध मावि बाडेगाउँले जितेको छ। ज्ञानकुण्ड युवा क्लबको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा गंगाजमुना मावि लेलेलाई २–१ ले हराउँदै बुद्ध माविले उपाधिसहित नगद २० हजार जितेको छ।उपविजेता गंगाजमुनाले नगद १५ हजार पुरस्कार पाएको छ।  बुद्ध माविको जितमा महेश मगर र निश्चल रोक्का मगरले १–१ गोल गरे भने पराजित गंगाजमुनाका लागि विपिन महर्जनले सान्त्वना गोल फर्काए। बुद्ध माविले सांग्रिला इन्टरनेसनल

नमुनालाई उपाधि

काठमाडौं, (नेस) नमुना फुटसलले प्रथम एन्जल्स एसईई कप छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नमुनाले मनासलु वल्र्ड कलेजलाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि कविन्द्र तामाङले २ तथा समिर गुरुङले १ गोल गरे । मनासलुका कविर तामाङले सान्त्वना गोल गरे । उपाधिसँगै नमुनाले ३० हजार […]

फुटसलमा नेपालको लगातार तेश्रो हार

काठमाडौं–  एएफसी फुटसल एसियन कपको छनोटअन्तर्गतको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । किर्गिजस्तानको बिश्खेकमा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि खेलको दोस्रो हाफमा सुमित श्रेष्ठले सान्त्वना गोल गर्न सफल भए । अफगानिस्तानसँगको खेलमा पराजित भएसँगै नेपाल छनोटमा जितविहीन भएको छ । यसअघि सोमबार भएको खेलमा […]

सान्त्वना जितको खोजीमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

बिस्केक: नेपाली फुटसल टोलीले एएफसी फुटसल एसियन कप छनोटमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपाली टोली आजको खेलमा सान्त्वना जितको खोजिमा हुनेछ। यसअघिका खेलमा नेपालले उज्बेकिस्तानसँग ५-१ र ताजकिस्तानसँग ११-१ गोलअन्तरको फराकिलो हार ब्यहोरेको थियो। अफगानिस्तानले…

एएफसी फुटसल एसियन कप छनोट‍ : नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाण्डाै - एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । किर्गिस्तानमा खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ र दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले पराजित भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’मा रहेको नेपाल बाहिरिसकेको छ । आजको खेलमा अफगानिस्तानलाई हराउन सके नेपालको सान्त्वना जित हुनेछ ।

एएफसी फुटसलको छनोटमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग नेपाली समय अनुसार दिउँसो पौने २ बजे खेल्न लागेको हो । दुवै खेलमा पराजित नेपाल आज अफगानिस्तानलाई हराउँदै सान्त्वना जित निकाल्ने योजनामा रहेको छ […]

नेपालको फराकिलो हार

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगितामा आइतबार नेपालले उज्वेकिस्तानसँग १४–१ को फराकिलो हार बेहोरेको छ। इरानको ताव्रिजस्थित पोउर शारिफी फुटसल हलमा भएको खेलमा इरानका रखमातोभ डिलसोदले ह्याट्रिक पूरा गरे । डिलसोदबाहेक उज्वेकिस्तानका लागि अर्तुर युनुसोभ, साभकातोभ दिलमुरोद र चोरिभ दभरोनले समान २÷२ गोल गरेका थिए । अबदुमाल्यानोभ फर्खुद, रखमातोभ अनासखोनी, अबदुरखमोनोभ दभरोन्जोन र निशोनोभ खुशनिद्धिनले १÷१ गरे । नेपालका लागि एक मात्र सान्त्वना गोल सौरभ राखलमगरले गरेका थिए ।