विराटनगर : नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन गरेको छ।एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा प्रमुख सचेतक चयन गरेको हो।भण्डारी सुनसरी २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी एमालेका ४० संसद छन्।