भदौरे झरीका कारण देशभर १५ जनाले ज्यान गुमाए

काठमाडौं :  पछिल्लो एकसाताको निरन्तरको भारी वर्षा (भदौरे झरी)का कारण देशभर १५ जनाले ज्यान गुमाएका छन्। भदौ १० पछिको बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए। सो अवधिमा तीन जना बेपत्ता तथा १४ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ। भौतिक क्षतिको विवरण संकलनको क्रम भने जारी छ  बताउँदै प्राधिकरणले अवरुद्ध कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ। प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ

सम्बन्धित सामग्री

देशभर भदौरे झरी, पर्सिदेखि मौसम खुल्ने सम्भावना

काठमाण्डाै - देशभर झरी परेको छ । धेरै ठाउँमा अस्तिदेखि लगातार झरी परिरहेको छ । आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देश...

कहिलेसम्म पर्छ भदौरे झरी ?

काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।