पर्वतका अधिकांश पानीका मुहानमा हैजाका जीवाणु

पर्वत : पर्वतका अधिकांश पानीका मुहानहरूमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ।जिल्लाका सात ओटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले बताए।यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाई छ।‘कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमण