राष्ट्रिय मानवअधिकार आयोगको ठहर– कोरोना खोपको दोस्रो मात्रा राजनीतिक पहुँच हुनेले मात्र प्राप्त गरे

काठमाडौं। राष्ट्रिय मानवअधिकर आयोगले कोरोना विरुद्धको खोपको दोस्रो मात्रा राजनीतिक पहुँच हुनेले मात्र प्राप्त गरेको ठहर गरेको छ। आज कोरोना खोप र उपचारका विषयमा स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायका पदाधिकारीहरुसँगको छलफलमा आयोगले उक्त कुरा बताएको हो। महामारीको घडीमा स्वास्थ्यकर्मीहरुको योगदान प्रशंसनीय भएपनि खोपको विभेदपूर्ण वितरण भएकोमा आयोगले असन्तुष्टी व्यक्त गरेको छ।