दाङमा कोरोना सङ्क्रमितलाई भुइँमै राखेर उपचार गरिँदै

दाङ – दाङमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको भुईँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेकाे अस्पताल व्यवस्थापनले जनाएको छ । काेराेनाकाे पहिलाे लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोर...