साजिदको फिल्मको मुख्य भूमिकामा अभिनेता कार्तिन आर्यन देखिने

एजेन्सी। बलिउड फिल्म निर्माता साजिद नाडियाडवालाले घोषणा गरेको सत्यनारायणको कथाको मुख्य भूमिकामा अभिनेता कार्तिक आर्यन देखिने भएका छन्। नमः पिक्चर्सको सहयोगमा बन्न लागेको फिल्ममा नाडियाडवाला ग्य्रान्डसन इन्टरटेनमेन्ट सह–निर्मातामा रहनेछन्। फिल्मलाई भारतको राष्ट्रिय पुरस्कार विजेता निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन्। सत्यनारायणको कथा एक प्रेम कहानीको महाकाव्य हो। फिल्मको सुटिङ यस वर्षको अन्त्यबाट हुनेछ।