'कबड्डी ४' को टिजरलाई उत्साहजनक प्रतिक्रिया

काठमाडौं : कबड्डी सिरिजको अन्तिम फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'को टिजरलाई दर्शकले मन पराएका छन्।दुई दिनअघि सार्वजनिक टिजरलाई युट्युबमा १३ लाखभन्दा बढी पटक हेरिसकिएको छ। युट्युबमा आएको प्रतिक्रियाले दर्शकलाई टिजर मन परेको संकेत गरेको छ।झण्डै ३५ सय प्रतिक्रिया रहेकोमा सबैले कबड्डी ४ को प्रतीक्षामा रहेको बताएका छन्। रामबाबु गुरुङले निर्देशन गरेको फिल्म बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेको