यू– २० को मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त

काठमाडौँ। नेपाली राष्ट्रिय यू– २० पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। एन्फा टेक्निकल कमिटीको सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा) केसीलाई यू– २० टिमको जिम्मेवारी दिएको हो। केसी यसअघि स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक थिए।