मनसुन छिट्टै सक्रिय भए पनि देशभर ४५ प्रतिशतमात्र रोपाइँ, मलको अभाव मुख्य कारण

काठमाडौं : मनसुन छिटै सक्रिय भएकाले देशभर यतिबेलासम्म आधाभन्दा बढी रोपाइँ भइसक्ने अनुमान थियो। तर यो वर्ष देशभर मात्र ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यसपटक किसानले बेलामा पर्याप्त मल नपाएकाले रोपाइँ ढिला भएको हो। सरकारले छिटो मल भित्र्याउने र सहज वितरण हुने दाबीअनुसार काम नगर्दा असर रोपाइँमा परेको हो।…