अर्थमन्त्रीलाई भट्टराईकाे प्रश्न : कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यकाे बजेट नबढाएकाे हाे ?

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमिसन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट नबढाएकाे हो ? भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्नुभएको छ । सचिव भट्टराईले सरकारले गएकाे वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिसन नआउने भएर नै त्यसो गरिएको हो भनी गम्भीर आशङ्का व्यक्त गर्नुभएको हो ।  आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारको आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तर्वार्त...