साउन मसान्तसम्म लक्ष्मी इक्विटी फण्डको एनएभी १३.२२

भदौ १४, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले सोमवार साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा २ रुपैयाँ ५९ पैसाले घटेको छ ।  असार मसान्तमा फण्डको एनएभी रू. १५ दशमलव ८१ रहेकोमा साउन मसान्तमा घटेर रू. १३ दशमलव २२ मा सिमित भएको हो ।  एनएभी सँगै फण्डको नाफामा पनि कमी आएको छ । असार मसान्तमा फण्डले रू. ७२ करोड ५७ लाख ४६ हजार नाफा कमाएकोमा साउन मसान्तमा घटेर रू. ३५ करोड १४ लाख ७१ हजार मा सीमित भएको हो ।  यस फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको हो । उक्त नगद लाभांश इकाइधनीको खातामा पठाइसकेको छ ।