धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

धनुषा निर्वाच क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । सत्ता गठन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भीडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतोसहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र जसपाका उम्मेदवारबीच