वैशाख ९, काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत १०० रुपैयाँमा १०० रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
उक्त योजनामा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण फारम(केवाईसी) भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा १०० रुपैयाँ जम्मा गर्नुपर्नेछ । त्यसमा तत्कालै १०० रुपैयाँ नै बोनस रकम प्राप्त हुने कम्पनीले बताएको छ । यसका लागि केवासी फारम भेरिफाइड हुनुपर्नेछ ।
उक्त योजना वैशाख ८ गतेदेखि जेठ ७ गतेसम्म लागू हुने पनि कम्पनीले बताएको छ । योजनालाई व्यवस्थित ढंगले सञ्चालन गरी सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन कम्पनीले निश्चित सेवा र शर्तहरू भने निर्धारण गरेको छ ।
त्यस सम्बन्धि सम्पूर्णाधिकार कम्पनीमा नै निहित हुनेछ । करीब ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रूप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।