उज्यालो समाचार प्रभाव : दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक पदमुक्त

महेत्तरी – महेत्तरीमा दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक पदमुक्त भएका छन् । महोत्तरीको गौशाला—११ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कालिपुरका प्रधानाध्यापक देवनारायण महतो पद मुक्त भएका हुन् । महतोले दिवा खाजाको रकम हिनामिना गरेको खबर उज्यालोमा प्रसारण र प्रकाशन भएपछि यसबारे गौशाला नगरपालिकाको पहलमा छानबिन भएको थियो । विद्यालय व्यवस्थापन समितिले महतोलाई पदमुक्त गरेको हो । महतोले दिवा खाजा वापतको ४४ हजार रुपैयाँ विद्यालयको खातामा फर्काइदिएका नगरपालिकाको शिक्षा शाखाले जनाएको...