आगामी २ सय २५ वर्षमा डिजिटल सामग्रीको पिण्ड पृथ्वीको पिण्डको आधा बराबर हुने एक नयाँ अध्ययनले देखाएको छ । बेलायतको पोर्टस्माउथ विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डाक्टर मेल्भिन भोप्सनले गरेको उक्त अनुसन्धानले ठूलो परिमाणमा डिजिटल डाटा तथा सूचनाको माग र सिर्जनाका कारण डिजिटल सामग्रीको पिण्डमा तीव्र बढोत्तरी भैरहेको जनाएको छ । अमेरिकन इन्स्टिच्युट अफ फिजिक्सको एआइपी एडभान्सेस […]