चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिनुभयो । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसक्नुभएका खनाल यही चलचित्रमार्फत निर्देशक बन्नुभएको हो । सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पु¥याउनु सर्जकको दायित्व रहेको निर्देशक खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “एकल आमाले परिवारका …