‘जित्ने र अधिकार बढी हुने ठाउँमा पुरुषले महिलालाई अवसर दिँदैनन्’

संविधान प्रदत्त महिला अधिकार व्यवहारमा अझै कार्यान्वयनमा आउन नसकेको झापा जिल्लाका अगुवा महिलाले व्यक्त गर्नुभएको छ । दलहरूकै असहयोगले आफुहरू नेतृत्वमा पुग्न नपाएको उनीहरूको गुनासो छ । नारी सञ्चारगृह झापाद्वारा विहीबार यहाँ आयोजित महिलाले भोग्नु परिरहेका समस्या विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताले महिलाले घरेलु हिंसासँगै राजनीतिक विभेद र हिंसा व्यहोर्नुपरेको बताउनुभयो । त्रिदेव बहुमुखी क्याम्पस …