काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिई रचनात्मक प्रतिपक्षको भूमिकामा रहने जनाएको छ। विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सांसद प्रदिप ज्ञवालीले सरकार जुन विधि र बाटोबाट गठन भयो त्यसमा विमति राख्दै विश्वासको मत दिन नसक्ने बताए। आफूहरु प्रतिपक्षमा रहेर जनताको भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे।