देशभर कोभिड–१९ संक्रमणका थप ९ हजार ४८३ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलवार देखिएकासँगै नेपालमा ४ लाख १३ हजार १११ संक्रमित पुगेका छन् ।
संक्रमण निको भई ५ हजार २२५ जना घर फर्किएका छन् । हालसम्म ३ लाख १२ हजार १९ निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोना निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।