संविधान दिवसमा विभूषित ९०३ जनामध्ये ८५ दिवंगत व्यक्ति

काठमाडौं, असोज ३ । मानपदवी, अलंकार र पुरस्कारले पुरष्कृत व्यक्तित्वको पदीय गरिमा बढाओस, मुलुककाप्रति अझ जिम्मेवार होस भन्ने उद्देश्यबाट विभूषित गरिन्छ । तर संविधान दिवसका दिन विभूषित गरिएका ९ सय ३ जनामध्ये ८५ दिवंगत भइसकेका पात्र छन् । पुरष्कृत अधिकांश अनुहारमध्ये शक्ति र सत्तामा रहेर रजगज गरेका र चाकरी बजाउनेहरुकै हाली मुहाली देखिन्छ । मानपदवी […]

सम्बन्धित सामग्री

हातैले भाँचिने डण्डी बनाएपछि सरकारबाट पुरस्कार ?

शंकर ग्रुप अन्तर्गतको साहिल अग्रवाल मालिक रहेको जगदम्बा स्टिल उद्योगले उत्पादन गरेका फलामे डण्डी २०७७ साल साउनमा हातैले भाँचिए । बालाजुमा घर बनाउन प्रयोग गरिएका जगदम्बा कम्पनीका १६ एमएमका फलामे रड मर्काउँदा हातैले भाँचिएका थिए ।बालाजुको बोहोराटारमा श्रीकृष्ण भट्टराईले २०७६ माघ १६ गतेबाट घर बनाउन सुरु गरेका थिए । लगत्तै कोरोनाको लहर फैलियो । मुलुक लकडाउनमा गयो । त्यसपछि २०७७ साउनबाट विस्तारै लकडाउन खुकुलो हुँदै गयो । त्यहीँ समयमा श्रीकृष्णले घरको बाँकी कामलाई तीव्रता दिए । तर, उनले घर बनाउँदा प्रयोग गरेको जगदम्बा कम्पनीका १६ एमएमका फलामे रड मर्काउँदा भाँचिए ।उनै साहिललाई ‘सुप्रबल जनसेवाश्री’ जसको उद्योगले हातैले भाँचिने फलामे डण्डी उत्पादन गरेको थियो, उसैलाई सरकारले विभूषित गरिदिएको छ । त्यो पनि संविधान दिवसमा पदकसहित ।डण्डी भाँचिएको एक वर्ष पछिको संविधान दिवस २०७८ मा साहिल अग्रवाल सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका थिए । ‘राष्ट्र, राष्ट्रियता र समाजप्रति पूर्ण समर्पित भई पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप तपाई श्री साहिल अग्रवाललाई संविधान दिवस २०७८ का अवसरमा नेपाल सरकारका तर्फबाट सुप्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ’ राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ बैशाख १ गते प्रदान गरेको विभूषित पत्रको ब्यहोरामा उल्लेख छ ।यो पनिःहातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)नेपाल उद्योग वाणिज्य महासंघसँग संविधान दिवसमा विभूषित गर्नुपर्ने उद्योगी व्यवसायीहरुको नाम सरकारले मागेको थियो । महासंघबाट आफ्नो नाम नगएपनि सिँधै जनार्दन शर्मा (अर्थमन्त्री भएका बेला)लाई फोन गरेर नाम आफ्नो नाम राख्न लगाउने सम्मको तयारी साहिलले गरेका थिए भन्ने स्रोत बताउँछ । तर, महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको निर्वाचनमा आफूले समर्थन गरेको टिमबाट कार्यकारिणी सदस्यमा पनि निर्वाचित भएको व्यक्ति हुनाले साहिलको नाम पनि पठाईदिएका थिए ।हाल साहिल महासंघको बैंक, फाइनान्स तथा इन्स्योरेन्स कमिटीको सभापति छन् । अब हुने निर्वाचनमा सिँधै ‘एसोसियट्स उपाध्यक्ष’मा चुनाव लड्ने तयारीमा उनी लागेका छन् ।