बाराको चार वटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा

बारा – भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अन्तरगत बाराको चारवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने भएको छ । क्षेत्र नम्बर १ को मतगणना कोल्हबीमा रहेकाे नगरपालिकाको सभा हल र क्षेत्र नम्बर २ को बरियारपुरमा रहेकाे गढीमाई महेन्द्र उच्च माविमा हुने मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिनुभयो । क्षेत्र नम्बर ३ को मतगणना कलैया ३ गंगापुरमा रहेकाे शैक्षिक तालिम केन्द्रमा र क्षेत्र नम्बर ४ को मतगणना सिमरामा रहेकाे नेपाल राष्ट्रिय उच्च माविमा हुने मु...