हेटौंडा अस्पताल अलग्याउने निर्णयमा पूर्वमुख्यमन्त्री पौडेलको आपत्ति

हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने निर्णयमा आपत्ति जनाएका छन्।बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णय गरेको थियो। उक्त अध्यादेश जारी भएसँगै प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग हुने भएपछि पूर्वमुख्यमन्त्री पौडेलले आपत्ति जनाएका हुन्। पौडेलले प्रदेश सरकारको नेतृत्व गर्दा मकवानपुर जिल्