हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शपथ लिएका छन् । श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।अध्यक्ष श्रेष्ठले शपथ ग्रहणपश्चात् बंैक अध्यक्षको पदबहाली गरेको बैंकले जनाएको छ । उनलाई बंैकका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बंैकका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए […]