काठमाडौँ महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ ।
कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यही मङ्सिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ ।
काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिक...