विराटनगर : मोरङ क्षेत्र नम्बर ४ को (१) मा काँग्रेसका गुरुराज घिमिरेलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन्।चौधरीले ४०१ को मतान्तरले घिमिरेलाई पछि पार्दै विजयी भएका हुन्।चौधरीले १५६६५ मत पाउँदा घिमिरेले १५४५९ मत पाएका छन्। जितको औपचारिक घोषणा हुन बाँकी छ।