मौद्रिक नीतिले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन : महासंघ

९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिबारे महासंघले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । मौद्रिक नीतिले करिब ८ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाव सिर्जना गर्ने देखिएको महासंघले उल्लेख […]