प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सकियो, संसद्मा पुगे १२ दल

मङ्सिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ