काठमाण्डौ – आज विश्व पशु दिवस मनाइँदैछ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन हरेक वर्ष अक्टोबर ४ तारिखमा विश्व पशु दिवस मनाउने गरिन्छ ।
पर्यावरण संरक्षणमा पशुको आवश्यकता छ । वायुमण्डलमा भएको कार्र्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि वातावरणमा जनावरको योगदान महत्वपूर्ण मानिन्छ ।
पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । विशेष गरी नेपालमा तिहार पर्वमा पशुलाई महत्व दिएर पूजा गर्ने गरिन्छ ।
पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुका अनुसार पशुलाई पूजा गर्ने तर अरु बेला वेवास्ता गरिने मानविय व्यवह...