चन्द्रागिरि केबलकार : ‘अस्ट्रेलियाको नम्बर वान कम्पनीको प्रविधि प्रयोग गरेका छौं, चिन्ता छैन’

चन्द्रागिरि केबलकारमा कुनै समस्या नरहेको कम्पनीले दाबी गरेको छ । केबलकार सञ्चालक चन्द्रागिरि हिल्स प्रा.लि.ले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा तथा जोखिमको निकै सजगता अपनाएको भन्दै चिन्ता लिनु नपर्ने बताएको हो । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारमा अस्ट्रेलियाको डुपलमेयर नामक उच्च स्तरिय प्रविधि तथा मेसिन प्रयोग गरिएकाले उत्कृष्ट रहेको बताए । यद्यपि, कुनै समय आपतकालिन अवस्थामा केबलकारको गोण्डुला रोकिए तत्काल इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने उनले बताए । ‘सुरक्षाको