नेपाल विद्युत प्राधिकरणले चोरी नियन्त्रणका लागि नयाँ रणनीति अवलम्बन गरेको छ । बिद्युत चोरी नियन्त्रण र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना न्युनिकरण गर्न विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण थालेको हो ।वागमती प्रदेशमा नै पहिलो पटक चितवनको भरतपुर महानगरका विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण गरिएको छ । भरतपुर महानगरको संयोजनमा नेपाल विद्युत प्राधिकरण भरतपुरले भरतपुर वडा नम्बर २२ का विपन्न वर्गका १७ घरधुरीलाई निशुल्क विद्युत मिटर बक्स