गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ । दुई दलबीच पालिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना (साकार) र उपाध्यक्षमा जसपाबाट भीमप्रसाद श्रेष्ठ चुनावमा होमिने सहमति बनेको हो ।पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । सहमतिअनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।माओवादीबाट उपाध्यक्षका उम्म