गुल्मी जिल्लाको रिडीबजारदेखि अर्घाखाँची जिल्लाको बल्कोटसम्मको २७ किलोमिटर सडक कालोपत्रेका लागि टेण्डर आह्वान भएको छ ।
गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रिडी–बल्कोट सडक कालोपत्रे गर्नको लागि १ अर्ब ४ करोड ९५ लाख बराबरको टेण्डर आह्वान भएको जानकारी गराएका हुन् ।
रिडी बल्कोट सडक कालोपत्रे हुँदा गुल्मी र अर्घाखाँचीका स्थानीयलाई यात्राका लागि सहज हुनेछ । यो बाटो खज्याङबाट सदरमुकाम तम्घास जोडिन्छ ।
यस्तै देउराली, सिमिचौर एयरपोर्ट सडक स्तरोन्नतिका लागि ३ करोड...