परम्परागत खाद्यान्न बालीले परिवार धान्ने समस्या थियो छथर गाउँपालिका–१ आङदिमका बासिन्दालाई । वर्ष दिनमा लगाएको बाली पाक्दा परिवारलाई खान ३ महिनासम्म पनि मुस्किल नै थियो । लेकाली क्षेत्रमा रहेका यहाँका स्थानीयलाई बर्सेनि एकपेट खानकै चिन्तामा जीवन बिताउनुको कुनै विकल्प थिएन ।