प्रधानमन्त्रीमा आलोपालो सहमतीः देउवा आउट, ओली इन

नयाँ सरकार गठनसँगै आलोपालो प्रधानमन्त्री हुने सत्ताको खेलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘आउट’ (बाहिरिएका) भएका छन्। सो खेलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘इन’ (प्रवेश) भएका छन। आज एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नयाँ प्रधानमन्त्री बनाउने सहमति भएसँगै देउवा प्रधानमन्त्रीको रेसबाट बाहिरिएका हुन्।

सम्बन्धित सामग्री

फेरि पनि देउवा, प्रचण्ड र ओली तीनै जना प्रधानमन्त्री हुन्छन्ः विश्लेषक

काठमाडौं, १२ मंसिर । राजनीतिक विश्लेषक डा. प्रेम शर्माले अबको त्रिशंकु संसद्मा प्रमुख दलका तीन नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् । ‘दलहरुले बहुमत पाउने अवस्था थिएन । मतदाताले ब्यालेट (भोट) सिफ्टिङ गर्दै छन् भन्ने संकेत स्थानीय तहको निर्वाचनले नै गरिसकेको थियो । जित्ने आत्मविश्वास नभएरै दलहरुले गठबन्धन गरेका थिए । त्यो सिद्धान्तविहीन र क्षणिक […]

चुनावपछि देउवा नै प्रधानमन्त्री : नेता प्रधान

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले आगामी निर्वाचनको लागि आफ्नो दलले गठबन्धनमा ९० सिटभन्दा तल नलिने स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले चुनावपछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पनि दाबी गरे । उनले भने,‘देउवाजी अहिले दलको नेता हो । पार्टीको सभापति पनि हो । उहाँकै नेतृतवमा चुनाव हुँदैछ । केपी ओली त कति बिरामी भयो, भयो । प्रचण्डले पनि आलोपालो पनि त्याग्नुभयो । अहिलेसम्म देउवा अस्पताल भर्ना भएको थाहा छ ? उहाँ स्वस्थ हुनुहुन्छ । जीन नै

देउवा-ओली भेटवार्तामा के के भयो ?

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । दुई नेताबीच एमसीसी पारित गर्नेबारे सहमतिबारे कुराकानी केन्द्रित भएको बुझिएको छ । देउवाले भेटमा ओलीलाई सहमतिका लागि सत्ता साझेदारीको प्रस्ताव पनि राखेको बुझिएको छ । उनले सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै ओलीसँग प्रधानमन्त्री आलोपालो सम्मको […]

असफल ‘आलोपालो मोडल’: फेरि किन प्रयोग गर्दैछन् देउवा, प्रचण्ड र नेपाल?

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा वाक्य दोहोर्‍याउने गरेका छन्- सहमतिको पालना गरेको भए अहिलेको अवस्था आउँदैन थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको 'आलोपालो' सहमति कार्यान्वयन नहुँदा ने क पामा कलह उत्कर्षमा पुगेको र त्यसैको परिणाम…

देउवा र ठाकुरलाई आलोपालो प्रधानमन्त्री बनाउने गरी सहमतिको प्रयास

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन बन्न नसेक भोलिबाट फेरि ओली नै प्रधानमन्त्री बन्नेछन् । त्यसैले ओलीलाई रोक्न विरोधी गठबन्धनका नेताहरु सक्रिय भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ता गठबन्धन निर्माणमा आफूहरु नभएको विज्ञप्ति जारी गरेपछि बहुमतको गठबन्धन निर्माणमा धक्का पुगेको छ । अब ठाकुरलाई मनाउन ओलीविरोधी नेताहरु सक्रिय […]