काठमाण्डाै - आजदेखि वीणा उल्का वर्षा सक्रिय हुने भएको छ ।
आजदेखि १२ गतेसम्म वीणा उल्का वर्षा सक्रिय हुने र मौसमले साथ दिए आउँदो शुक्रवार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार शुक्रवार राति ९ बजेदेखि सूर्योदयसम्मको समयमा उल्का वर्षाको दृश्य हेर्न सकिनेछ ।
अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने उहाँले बताउनुभयो । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घ...