बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले युरोपेली सङ्घ (ईयू) सँगको वार्ताले उत्तरी आयरल्यान्डमा ब्रेक्जिटपछिको व्यापारको विवाद सुल्झाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हिजो औपचारिक रूपमा पदभार ग्रहणपछि प्रधानमन्त्रीका रूपमा पहिलो पटक संसदमा सम्बोधन गर्दै उहाँले आफ्नो मुख्य प्राथमिकता नै वार्ताबाट समाधान निकाल्नु रहेको बताउनुभयो । तर उत्तरी आयरल्यान्डको कानुनमा आफूहरुले तय गरेका सबै सर्तहरु पूरा हुनुपर्नेमा उहाँको जोड छ ।
बेलायत सरकारले बेलायत, स्कटल्यान्ड र वेल्सबाट उत्तरी आयरल्यान्डतर्फ जाने सामानमा आन्तरि...