भासिएको सडक नजिकै नदी किनारमा भेटियो दुई जनाको शव

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ&rdquo