सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी स्थानीय तहको निर्वाचनका लागि तयार छैनन् । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको चाहना पनि प्रतिनिधिसभा निर्वाचनभन्दा अगाडि स्थानीय चुनाव नहोस् भन्ने छ । त्यसैले गठबन्धनका नेताहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ लाई संशोधन गरी वैशाखको स्थानीय चुनाव टार्ने खेलमा लागेका छन् ।