धपेडी र एसइई परीक्षाको तनावले सांसद चौधरी अस्वस्थ

मंगलबार बिहान तुलसीपुरमा सरकारी वकिलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेको केही बेरमै बेहोस भएपछि अस्पताल भर्ना भएकी चौधरीले परीक्षामा सफल नहुँदा सबैले सांसद पनि फेल भइ भनेर खिल्ली गर्छन् कि भन्ने चिन्ता जाहेर गरिन्। ‘व्यस्तताले गर्दा मैले राम्रोसँग परीक्षाको तयारी गर्न पनि पाएकी छैन,’ अस्पातलको बेडबाटै चौधरीले भनिन्, ‘एकातर्फ परीक्षा नजिक आइसक्यो अर्कौ तर्फ पार्टीको कामको पनि चापापाच उत्तिकै छ।’